NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मंसिरपछि माओवादी र एकीकृत समाजवादीबीच एकता हुने, यस्तो छ नेकपा एसको निर्णय

काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिरकाे निर्वाचनपछि पार्टी एकतालाई अगाडि बढाउने गरी समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

गत भदौ २ गते एमालेबाट माधव–झलनाथ समूह अलग भइ एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । निर्वाचनअघि एउटै समाजवादी केन्द्र बनाएर चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका थिए ।

निर्वाचनअघि पार्टी एकता गरेर जान सम्भव नभएपछि एकता संयोजक समिति बनाएर चुनाव लड्न प्रचण्ड–माधव सहमत भएका थिए । बुधबारमात्र माओवादीले बाबुराम र वामदेव नेतृत्वको पार्टीलाई माओवादीको चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

एकीकृत समाजवादी र जसपासँग संयोजन समिति बनाएर चुनावी प्रतिस्पर्धा गर्ने सममति भएको अध्यक्ष प्रचण्डले जानकारी दिएका थिए । उनले अगाडि नेकपा रहेपनि त्यसमा समाजवादी वा अन्य त्यस्तै कुनै नाम रहने बताएका थिए ।