NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ६ घाइते

दार्चुला। दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा आउँदै गरेको जिप शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको हो ।

से १ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए ।