NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

केन्द्रीय सदस्यमा नपरेपछि पार्वताले गरिन् कांग्रेस छोड्ने घोषणा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार १० जना महिलालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरे । तर, त्यसमा पार्वता डिसी चौधरी भने परिनन् ।

आफू केन्द्रीय सदस्यमा मनोनीत नभएपछि चौधरीले पार्टी परित्याग गर्ने घोषणा गरेकी छिन् । पूर्वकेन्द्रीयसमेत रहेकी चौधरीले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेकी हुन् ।

‘केन्द्रीय सदस्यमा १० जना महिला मनोनीत हुँदा म अट्न सकिनँ । त्यसका लागि धन्यवाद । छिट्टै कांग्रेससँगको साइनो तोड्दैछु,’ उनले ट्विटरमा लेखेकी छिन् ।

चौधरी कांग्रेसकी सांसदसमेत हुन् ।

को–को हुन् देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका १० नयाँ अनुहार ?