NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

माओवादीले पदाधिकारीबाहेकका समिति टुंग्यायो , को–को थपिए स्थायी समितिमा ?

काठमाडौं । माओवादी केन्द्रले पदाधिकारीबाहेकका स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति टुंग्याएको छ ।

बुधबार पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पदाधिकारीबाहेक सबै समितिको अन्तिम टुंगो लागेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । यसलाई भोलि बस्ने बिहीबार बस्ने स्थायी समिति बैठकले अन्तिम रूप दिएर अनुमोदन गर्ने पोखरेलले जानकारी दिए । उनका अनुसार बैठकले ४१ जना सदस्य स्थायी समिति सदस्य, १२५ जना पोलिटब्युरो सदस्य, २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य र ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो हो ।

‘आजको बैठकले पदाधिकारीबा हेक अन्य समिति टुंगो लगाएको छ । बाँकी विषय भोलि बिहान ८ बजे बस्ने बैठकले निर्णय गर्नेछ’, उनले भने, ‘पदाधिकारीको विषयमा कुनै निर्णयमा पुगेको छैन ।’

पुसको दोस्रो साता काठमाडौंमा भएको माओवादीको ८ औं महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्य केन्द्रीय समिति बनाउने प्रस्ताव पारित गरेको थियो । केन्द्रीय समितिको १० प्रतिशत सदस्य मनोनित गर्ने विधानमा प्रावधान रहेको छ । स्थायी समितिमा पूर्वसभामुख ओनसरी घर्तीसहित १० जना महिला स्थायी समितिमा पर्न सफल भएका छन् ।

यसअघि १५ सदस्य सदस्य स्थायी समितिमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, बर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गणेश साह, गिरिराजमणि पोखरेलल, हरिबोल गजुरेल रहेका थिए । त्यस्तै शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, मात्रिका यादव, लिलामणि पोखरेल स्थायी समिति सदस्य थिए ।

त्यस्तै बुधबार थप भएकाेमा हितमान शाक्य, हितराज पाण्डे, राम कार्की, डिलाराम आचार्य, कालीबहादुर मल्ल, खगराज भट्ट, जयपुरी घर्ती, ओनसरी घर्ती, शशी श्रेष्ठ, पूर्णकुमारी सुवेदी, अन्जना विसंखे, यशोदा सुवेदी, रेखा शर्मा, उर्मिला अर्याल, महेश्वर गहतराज, हकिकुल्ला खाँ, अमृता थापा, कमला रोकालगायत रहेका छन् ।