NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गठबन्धन कार्यदलको दाबी : सिट बाँडफाँडमा कुरा मिल्न लाग्यो

काठमाडौं । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तालमेलको प्रारुप बनाउन बसेको सत्तारुढ गठबन्धनको कार्यदल निष्कर्षनजिक पुगेको छ ।

बुधबारको बैठकपछि आफूहरू निष्कर्षनजिक पुगेको कार्यदलका सदस्यसमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘बैठक सकारात्मक दिशामा अघि बढिरहेको छ,’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरूलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमति भएको छ ।

सिट बाँडफाँडबारे भएको प्रगतिबारे भने कांग्रेस नेतासमेत रहेका कार्कीले सुनाउन चाहेनन् । यद्यपि, उनले सबैलाई सन्तुष्ट पार्नेगरी सिट बाँडफाँड भइरहेको बताए ।