NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पूर्वयुवराज्ञी हिमानी अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन् । ज्वरो र घाँटी दुख्ने समस्या आएपछि उनलाई बुधबार नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

हिमानी ट्रष्टको कार्यक्रममा लागि हिमानी गत २४ साउनमा अष्ट्रेलिया गएकी थिइन् । सोही बेलादेखि उनलाई ज्वरो र घाँटी दुख्ने समस्या आएको बताइएको छ ।

अस्वस्थ भएपछि हिमानी निर्धारित तालिकाभन्दा दुई दिनअघि नै नेपाल फर्किइन् । त्यसपछि पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले जनाएको छ ।