NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले काठमाडौं सिफलका रमोद ठाकुर लोहारको गत वैशाख २६ गते नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने पोखराका २४ वर्षीय अमर सुनारलाई आज पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कालो रङको पल्सर मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाउँदै गरेको अवस्थामा सुनारलाई पकनाजोलबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ सुनारले वास्तविक नम्बर बागमती प्रदेश ०२–०१५ प ८२१८ नम्बरलाई परिवर्तन गरी प्रदेश ०२–०२० प ३९६८ नम्बर बनाएर चलाएको फेला परेको प्रवक्ता भट्टले बताए । ट्राफिक प्रहरीले पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको छ ।