NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सिट बाँडफाँटबारे छलफल गर्न सत्तागठबन्धन शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न सत्तागठबन्धनका शीर्ष नेताहरू आज छलफलमा बस्ने भएका छन् ।

आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँट गर्न गठित कार्यदलले मापदण्ड तय गर्न नसकिरहेका बेला शीर्ष नेता छलफलमा जुट्न लागेका हुन् । गत साउन २० गते बसेको सत्तागठबन्धनका नेताहरूको बैठकले निर्वाचनमा सिट बाँडफाँटबारे सहमति गरेर शीर्ष नेतासमक्ष सिफारिस गर्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको पहिलो बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिए पनि यसले ठोस निचोड निकाल्न सकेको छैन ।

अहिले बिहान बिहान १० बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटका विषयमा छलफल गर्नेछ ।

कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएका प्रगतिबारे शीर्ष नेतालाई ब्रिफिङ गरेपछि बाँकी विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।