NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

फोहर बञ्चरडाँडासम्म पुर्याउन महानगरलाई निःशुल्क सवारी सहयोग

काठमाडौं । काठमाडौं उपत्यकाको फोहेर बञ्चरेडाँडासम्म लैजान विभिन्न संघसंस्थाले सवारी साधन दिएर निःशुल्क सहयोग गर्ने भएका छन् ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिलगायत संघसंस्थाले ५० भन्दा बढी ट्रक तथा ट्रिपर केही दिनलाई निशुल्क प्रयोग गर्न काठमाडौं महानगरपालिकालाई दिएको छ ।

आजैबाट ती गाडीहरूको प्रयोग हुन थालेको महानगर स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध अन्त्य गर्न बुधबारमात्रै सहमति भएको थियो ।

बञ्चरेडाँडाको अवरोध हटाउन ३ बुँदे सहमति