NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पदाधिकारी छान्दै माओवादी, महासचिवमा ‘ट्विस्ट’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा पदाधिकारीको नाम लगभग टुंगोनजिक पुगेको छ ।

सर्वाधिक चासोको विषयका रुपमा रहेको महासचिवमा नयाँ ट्विस्ट आएको छ । देव गुरुङ महासचिव हुने पक्का जस्तै रहेको एक नेताले बताए । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्माबीचको प्रतिस्पर्धाले गुरुङलाई फाइदा पुग्ने देखिएको हो ।

यसअघि पुन र शर्माको नाम बढी आएकाले गुरुङलाई महासचिवको रुपमा प्रस्ताव आउनु ‘ट्विस्ट’ हो ।

यस्तै पुन, शर्मा र गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् ।

उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना रहेको बताइएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्नेछन् । त्यसलाई बैठकले अनुमोदन गर्नेछ । यसैबीच बिहीबार ६ बजेपछि बैठक बस्दैछ ।

पदाधिकारी आजै टुंग्याउने प्रचण्डको प्रयास, बैठक अपरान्ह सारियो

जनार्दन र वर्षमानबीचको संघर्षमा देव गुरुङको ‘इन्ट्री’, प्रचण्ड कसको पक्षमा ?