NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रचण्डले महासचिवमा गुरुङलाई अगाडि बढाएपछि पुन र शर्मा पक्षमा तीब्र असन्तुष्टि

काठमाडौं । माओवादी केन्द्रभित्र अध्यक्षपछि शक्तिशाली पद मानिएको महासचिव पदमा देव गुरुङले प्रवेश पाएपछि पदाधिकारी चयन थप पेचिलो भएको छ ।

बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी टुंगो लगाउन नसकेपछि छनोट गर्ने सम्पूर्ण जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो । तर दुवै नेताले महासचिवमा दाबी नछाडेपछि विकल्पमा उनले गुरुङको नाम प्रस्तावको तयारी गरेका थिए ।

गुरुङको नाम प्रस्तावप्रति वर्षमान पुन र जनार्दन शर्मा पक्षले तीब्र असन्तुष्टि जनाएपछि बिहीबार बोलाइएको बैठक बस्दै नबसी शुक्रबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो । आफ्नो प्रस्तावले परिस्थिति झन् जटिल बन्ने देखिएपछि प्रचण्ड थप अप्ठ्यारोमा परेका छन् ।

१५ जना पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा, पम्फा भुसाल, हरिबोल गजुरेल, गणेश साह, दीनानाथ शर्मा लगायतको सम्भावना रहेको छ । उपमहासचिवमा पुन, शर्मा र गिरिराजमणि पोखरेलको नाम प्रस्ताव ल्याउने तयारी छ । तीन सचिव र एक कोषाध्यक्षमा पूर्वस्थायी मध्येबाटै बनाउने उनको तयारी छ ।

विधानअनुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने भएका छन् ।

प्रचण्डलाई चुनौती

महासचिवको विकल्पमा प्रचण्डले गुरुङलाई अगाडि सारेपछि पुन र शर्मा असन्तुष्ट देखिएका छन् । पछिल्लो समय आफूहरू दुईमध्ये जो आएपछि समस्या नभएको शर्मा र पुनले बताउँदै आएका थिए । तर बिहीबार एकाएक महासचिवमा गुरुङको नाम अगाडि बढाउको पुन र शर्मापक्ष झस्किएका छन् ।

‘महासचिव बन्नेमा पुन र शर्माबीच कुनै मतभेद थिएन । अध्यक्षले नै महासचिव बनाउन नचाहेकाले परिस्थिति जटिल बन्दै गएको हो’, पुन निकट एक नेताले भने, ‘बाहिर देख्दा पदकै लागि मरिहत्ते गरेजस्तो देखिने । नेता कार्यकर्ताबीच पनि राम्रो सन्देश गएको देखिएन । यस्ता गतिविधिले पार्टीलाई नै घाट हुन्छ । अध्यक्षले किन यस्तो गरिरहनु भएको छ, थाहा भएन ।’

समग्र परिस्थितिको मुल्याङ्न नगरी अध्यक्षले विकल्प खोेजी गरिए त्यसको असर आगामी निर्वाचनमा देखिने शर्मा–पुन निकटस्थको छ । युुद्धकालदेखि पार्टी विभाजनसम्म अध्यक्षलाई साथ दिँदै आएका व्यक्तिलाई महासचिव बनाउन नचाहनुमा गम्भीर भएको उनीपक्षको आरोप छ ।

पुस १३–१५ सम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको आठौं महाधिवेशनले पदाधिकारी छान्न सकस भएपछि २३६ जना केन्द्रीय सदस्य चयन गरी गरेको थियो । पुस १९ मा बसेको माओवादीको पहिलो केन्द्रीय समिति बैठकले पुन र शर्माबीच रस्साक्सी देखिएपछि अध्यक्षमा प्रचण्डलाई नियुक्त गर्नुबाहेका पदाधिकारी चयन गर्न सकेन । उपचारका लागि चीनमा रहेका पुनले आफू नफर्केसम्म पदाधिकारी चयन नगर्न आग्रह गरेपछि बैठक स्थगित गरिएको थियो । त्यसयता पोर्टफोलियोको विषयलाई लिएर बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।

पदाधिकारी छान्दै माओवादी, महासचिवमा ‘ट्विस्ट’