NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

माओवादीले क–कसलाई दिँदैछ उपाध्यक्ष र महासचिवको जिम्मेवारी ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघिबाट बैठक सुरु भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

जारी बैठकमा पदाधिकारीको जिम्मेवारी बाँडफाँटबारे छलफल भइरहेको छ । गत वर्ष सम्पन्न महाधिवेशनमै पदाधिकारी टुंगो लगाउनुपर्ने भए पनि महासचिव, उपाध्यक्षलगायत अझै चयन हुन सकेको छैन ।

महासचिवमा देव गुरुङ लगभग पक्कापक्कीजस्तै भएका छन् । महासचिवका आकांक्षी वर्षमान पुन र जनार्दन शर्मालाई पन्छाएर प्रचण्डले गुरुङलाई अघि सारेका हुन् ।

गुरुङलाई महासचिवको जिम्मेवारी दिने तयारी अघि बढाइएपछि पुन र शर्मा भने प्रचण्डसँग असन्तुष्ट बनेका छन् । तर उनीहरूलाई उपमहासचिव बनाएर व्यवस्थापन गर्ने तयारी गरिएको छ । माओवादी वृत्तमा चलेको चर्चाअनुसार, गिरिराजमणि पोखरेललाई पनि उपमहासचिवको जिम्मेवारी दिने तयारी छ ।

उपाध्यक्षमा दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको चर्चा छ ।