NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

१४४ करोड भ्युज भएका ८ युट्युब च्यानलमाथि भारतमा प्रतिबन्ध

काठमाडौं । १४४ करोड भ्युज भएका आठ युट्युब च्यानललाई भारतमा प्रतिबन्ध लगाइएको छ । आईटी ऐन २०२१ अन्तर्गत भारत सरकारले सात भारतीय र एक पाकिस्तानी युट्युब च्यानललाई रोक लगाएको हो ।

प्रतिबन्ध लागेका युट्युब च्यानलको भ्युज १४४ करोड र सब्सक्राइबर ८५ लाख ७३ हजारभन्दा बढी रहेको बताइएको छ । यी च्यानलहरूमा व्यावसायिक विज्ञापनसमेत आउने गर्दथे ।

भारत सरकारले सन् २०२१–२२ मा झुटा समाचार फैलाएको आरोपमा ९४ युट्युब च्यानलमा प्रतिबन्ध लगाएको छ । त्यसैगरी१९ सामाजिक सञ्जाल अकाउन्ट र ७ सय ४७ युआरएललाई पनि प्रतिबन्ध लगाइएको छ ।

राज्यसभामा एक प्रश्नको जवाफ दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले सूचना प्रविधि ऐन, २००० को धारा ६९ ‘ए’ अनुसार कारबाही गरिएको बताएका छन् ।

यी हुन बन्द गरिएका युट्युब च्यानल

Loktantra Tv- 23,72,27,331 भ्युज, 12.90 लाख सब्सक्राइतबर
URV TV – 14,40,03291 भ्युज, 10.20 लाख सब्सक्राइतबर
एएम रज्वी – 1,22,78,194 भ्युज, 95,900 सब्सक्राइतबर
गौरवशाली पवन मिथिलाञ्चल – १५.९९.३२,५९४ भ्युज, ७ लाख सब्सक्राइतबर
Sep TOpSTH – 24,83,64,997 भ्युज, 33.50 लाख सब्सक्राइतबर
Sarkari Update- ७०,११,७२३ भ्युज, ८०,९०० सब्सक्राइतबर
Sab Kuch Dexho- – ३२,८६,०३,२२७ भ्युज, १९.४० लाख सब्सक्राइतबर
News ki Dunva (पाकिस्तानी) – ६१,६९,४३९ भ्युज, ९७,००० सब्सक्राइतबर