NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बालेन र हर्कबारे गिरीको टिप्पणी : लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ, के बजाउँछौ ?

काठमाडौं । कलाकार दीपकराज गिरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीचको वाकयुद्धबारे टिप्पणी गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।

एउटै चुनाव चिन्ह लौरो लिएर स्वतन्त्र रुपमा जितेका दुईजना एकअर्काविरुद्ध उत्रिन नहुने उनको आसय देखिन्छ ।

‘लठ्ठी टेक्ने हो ! आपत पर्दा बजाउने पनि हो । लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’ गिरीले फेसबुकमा प्रश्न गरेका छन् ।

काठमाडौं फोहर व्यवस्थापनलाई लिएर पछिल्लो समय शाहविरुद्ध साम्पाङ खनिइरहेका छन् । धेरैपटक आफूविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेपछि शाहले पनि प्रतिक्रिया दिएका थिए ।

आफू काठमाडौं गएपछि फोहर उठ्न थालेको भन्ने साम्पाङको भनाइलाई जवाफ दिँदै शाहले ‘मैले चुनाव पनि तपाईँकै चुनाव चिन्ह लौरो लिएर जितेको हो नि !’ भन्दै व्यंग्य गरेका थिए । त्यसपछि शाहविरुद्ध साम्पाङ लगातार खनिइरहेका छन् ।

फोहर बञ्चरडाँडासम्म पुर्याउन महानगरलाई निःशुल्क सवारी सहयोग