NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बाबुराम बाहिरिएपछि जसपामा व्यापक हेरफेर, कसलाई के जिम्मेवारी ?

काठमाडौं । डा. बाबुराम भट्टराई समूह बाहिरिएपछि जनता समाजवादी पार्टी (जसपा)ले नेताहरूकार्य विभाजनमा व्यापक हेरफेर गरेको छ ।

काठमाडौंमा दुई दिनसम्म बसेको पार्टीको बैठकले नेताहरूको जिम्मेवारीमा हेरफेर गरेको हो ।

साथै, जसपाले विभिन्न विभागसमेत गठन गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गर्ने उद्देश्यले यस्तो गरिएको एक नेताले बताए ।

जसअनुसार सात भौगोलिक तथा अन्य जातीय प्रदेशसमेत गरी २० प्रादेशिक इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् ।

जसपाले संगठन विभाग प्रमुखमा रामसहायप्रसाद यादवलाई तोकेको छ ।

यस्तै कैलाशप्रसाद यादव, खगेन्द्र माखिम र रञ्जु ठाकुरलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

मधेश प्रदेश इन्चार्जमा कृषि मन्त्री मृगेन्द्रकुमारसिंह यादव चयन भएका छन् । मधेश प्रदेश पार्टीको मुख्य पकड क्षेत्र हो ।

कर्णाली प्रदेशलाई भने कसैलाई जिम्मा दिइएको छैन । सो प्रदेश केन्द्रबाटै हेरिने छ ।