NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

चलचित्र ‘भगवत गीता’ को प्रदर्शन मिति घोषणा

काठमाडौं । झरना थापा निर्देशित चलचित्र भगवत गीताको प्रर्दशन मिति घोषणा गरिएको छ । चलचित्र बैशाख १ अर्थात नयाँ वर्षको दिनदेखि प्रदर्शनमा आउने भएको हाे ।

चलचित्रको मुख्य भूमिकामा सुहना थापालाई देखाइएको छ । सुहनाले ‘ए मेरो हजुर’ बाट चलचित्रमा डेब्यु गरेकी हुन् । उक्त चलचित्रमा सुनिल कुमार थापाको निर्माण सञ्जय लामाको छायांकन तथा साहिल खानको सम्पादन रहेको छ ।

सुहाना इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत प्रर्दशन मिति घोषणा गर्दै भिडियो सार्वजनिक गरिएको हो ।