NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मानहानी मुद्दामा भारतका मुख्यमन्त्री केजरीवाल र सिसोदियालाई सफाइ

राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ।

अधिवक्ता सुरेन्द्र शर्माले सो मुद्दा दायर गरेका थिए जसको सन् २०१३ को विधानसभा चुनावमा उनको उम्मेदवारी अन्तिम समयमा रद्द भएको थियो ।

अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट ९एसीएमएम० विधि गुप्ताले शनिबार आदेश जारी गर्दै उजुरीकर्ताले उद्धृत गरेका रिपोर्टहरूबाट मानहानीको मुद्दा स्थापना हुन नसक्ने बताउँदै सो आदेश जारी गरेका हुन् । अदालतले शनिबार आदेश जारी गर्दा तीनै जना अदालतमा उपस्थित थिए ।

मुद्दा दायर गर्ने अधिवक्ता सुरेन्द्रकुमार शर्माको भने निधन भैसकेको छ । उनको निधनपछि सो मुद्दा उनका भतिजाले अगाडि बढाइरहेका थिए। सो मुद्दामा आरोप खेपिरहेका मुख्यमन्त्रीसहित तीन जनाले लामो समयपछि आज सफाइ पाएका छन् ।