NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

हत्याको आरोपमा ३ जना पक्राउ

काठमाडौं । प्रहरीले ज्यानसम्बन्धी कसूरमा तीन जनालाई पक्राउ गरेको छ । बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६ स्थित महाकांल बस्ने २६ वर्षीय मनोज राईको हत्याकाे आरोपमा तीनजनालाई गएराति पक्राउ गरेको हो ।

पक्राउपर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियुक्तले मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा राईको हत्या हुन पुगेको बताएका छन् ।

शनिबार राति ९ः३० बजे भएको सो घटनामा प्रहरीले उनीहरुलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।