NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

‘लाल सिंह चड्डा’ असफल भएको हो ?

काठमाडौं । आमिर खानको चलचित्र ‘लाल सिंह चड्ढा’ यहि महिनाको ११ तारिखमा प्रर्दशनमा आएको थियो । चलचित्र बक्स अफिसमा अपेक्षित चलचित्र थियो । तर चलचित्रले खासै राम्रो प्रदर्शन भने गर्न सकेन ।

‘लाल सिंह चड्ढा’ ले पहिलो दिन ११.५० करोडको ओपनिङ गरेको थियो लगातार चार दिन बिदाको समयमा परे पनि चलचित्रले सोचे जस्तो दर्शकको माया भने पाएन । आमिरको सुपर फ्लप चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ ले पहिलो दिनमा ५२ करोडको व्यापार गरेको थियो तर ‘लाल सिंह चड्ढा’ले आठ दिनमा पनि यो आँकडा पार गर्न सकेको छैन ।

उक्त चलचित्र बनाउन १८० करोड रुपैयाँ खर्च भएको थियो तर अहिलेसम्म यसको कलेक्सन ५० करोड मात्रै भएको छ । अहिलेसम्मको कमाईलाई हेर्दा चलचित्र फ्लप भएको भारतीय चलचित्र विश्लेषक गिरीश वानखेडे बताउँछन् ।

सो चलचित्र प्रर्दशनमा आउनुअघि नै विवादमा परेको थियो । ट्वीटरमा ह्यासट्याग बाइकटलालसिंहचड्डाको ट्रेण्ड सुरु भएको थियो । सामाजिक सञ्जालमा उनलाई देशद्रोहीको संज्ञासमेत दिएका थिए । ‘लाल सिंह चड्डा’ सँगै प्रर्दशनमा आएको अक्षय कुमारको रक्षा बन्धनले पनि अहिलेसम्म राम्रो कमाई गर्न सकेको छैन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष