NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अन्त्येष्टिका लागि आर्यघाट पुर्‍याइयो गिरीको पार्थिव शरिर

काठमाडौं । कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको पार्थिव शरिरलाई पशुपति आर्यघाट पुर्याइएको छ ।

शनिबार राति निधन भएका गिरीको पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जली कार्यक्रमपछि अन्त्येष्टि लागि आर्यघाट पुर्याइएको हो ।

निधन भएको मेडिसिटी अस्पताल र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गिरीलाई श्रद्धाञ्जली दिन पुगेकाहरूको भीड लागेको थियो ।

आर्यघाटमा पनि विभिन्न दलका नेता कार्यकर्तादेखि गिरिका हजारौं शुभेच्छुकको भीड लागेको हो ।

शवयात्रासहित उनकाे शरिरलाई पशुपति आर्यघाट पुर्याइएको हाे ।

कांग्रेसभित्र मात्र हाेइन कम्युनिष्ट र अरू दलले समेत गिरीलाई श्रद्दापूर्वक सम्झने गर्छन् ।