NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कार्मले दिए बिहे भोज

काठमाडौं । अभिनेता कार्म शाक्यले युरोपकी एनी सोफीसँग विवाह बन्धनमा बाँधिएको एक वर्षपछि शनिवार विवाह भोज दिएका छन् । उनले पाटन न्याखचोकस्थित नखबहिलमा बिहेको पार्टी दिएका हुन् ।

पार्टीमा हाँस्य कलाकार हरिवंश आचार्य, काठमाडौंका मेयर बालेन शाह, अभिनेत्री नम्रता श्रेष्ठ, दीया मास्के, सृष्टि श्रेष्ठ, अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने, गायिका इन्दिरा जोशीलगायत कलाकारको उपस्थिती रहेको थियो ।

उनले प्रेमिका एनीसँग गत वर्ष नै बिहे गरेका हुन् । कोरोना महामारीका कारण बिहेभोजमा ढिलाइ भएकाले अहिले अहिले बिहेभोज दिएको बताइएको छ । उनले लुट, ‘शेरबहादुर’, ‘लुकामारी’, ‘कठपुतली’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।