NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

जापानका प्रधानमन्त्री किशिदा कोरोना संक्रमित

काठमाडाैं । जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना संक्रमित भएका छन् । प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूले जनाएअनुसार उनमा संक्रमणसँगै हल्का लक्षणहरू पनि देखिएको छ।

उनी अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका छन् । उनलाई शनिबार राति हल्का ज्वरो र खोकी जस्ता लक्षणहरू देखिएको थियो । जापानको स्थानीय सञ्चारमाध्यम क्योडो नेले जनाएअनुसार ६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग करिब साता लामो गर्मी बिदा मनाएर सोमबारदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो  । तर उनमा शनिबारदेखि संक्रमणको लक्षण देखिन थालेपछि अहिले आराम गरिरहेका छन् ।

जापनामा पछिल्ला दिनहरूमा कोरोना संक्रमण तीव्र हुँदै गएको छ।