काश्मिरमा ९ पाकिस्तानी सैनिकको मृत्यु, ४ घाइते
काठमाडौं (एजेन्सी) । पाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा आइतबार भएको सडक दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको उद्धार सेवाले सिन्ह्वालाई जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार जिल्लाको शुजा अबाद क्षेत्र नजिकै उनीहरू सवार गाडी गहिरो खाल्डोमा खस्दा दुर्घटना भएको हो।
दुर्घटनालगत्तै उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको पनि अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू गुणस्तरहीन सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण हुने गर्दछन् ।
भारी मनसुन वर्षाका कारण उत्तरी पाकिस्तानमा हालैका दिनहरूमा सडक दुर्घटनामा उल्लेखनीय वृद्धि भएको पाइएको छ।
ताजा अपडेट
-
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
-
‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’
-
अहिलेकै अवस्थामा बैंक डुब्दैनन्, डुबिहाले पनि बचत फिर्ता हुन्छ
-
ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी
प्रतिक्रिया