NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मेसीको पासमा एम्बाप्पेले ८ सेकेण्डमै गरे कीर्तिमानी गोल [भिडियाेसहित]

काठमाडौं । फ्रेन्च लिग वानमा पिएसजीका लागि केलियन एम्बाप्पले कीर्तिमानी गोल गरेका छन् । गएराति लिलविरुद्ध खेल सुरु भएको ८ सेकेण्डमै एम्बाप्पले गोल गरेका हुन् ।

मेसीको लामो पासमा गोलकिपरलाई विट गर्दै एप्बाप्पले गोल गरेका हुन् । लिगको इतिहासमा उनले ८ सेकेण्डमा गोल गरेको कीर्तिमानसँग बराबरी पनि गरेका छन् ।

लगातार तेस्रो खेलमा पनि फराकिलो जित हात पार्ने क्रममा पिएसजीले ७–१ अन्तरले खेल जित्यो । यस क्रममा एम्बाप्पेले ह्याट्रिक गरे ।

नेयमारले दुई गोल गर्दा मेसी र हाकिमीको नाममा एक एक गाेल रह्यो । नेयमारले २ एसिस्ट र मेसीले एक एसिस्ट गरे ।

लिगमा लगातारका तीन खेलमा पिएसजीले १७ गोल गर्दा तीन गोल खाएको छ ।

यस्ताे छ मेसीकाे पासमा एम्बाप्पले ८ सेकेण्डमा गरेकाे कीर्तिमानी गाेल