NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘युवा वर्ष मोती पुरस्कार’ साहित्यकार बिर्खे अञ्जानलाई

काठमाडौं । यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा साहित्यकार मकवानपुरका लक्ष्मण बतौला (बिर्खे अञ्जान) लाई प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय युवा कोषले साहित्यकार बतौलालाई सो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

नेपाली भाषा एवं साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पु्र्‍याएबापत उनलालाई सो पुरूस्कार प्रदान गर्न लागिएको कोषले जनाएको छ । उक्त पुरस्कारको राशि ४० हजार रहेको छ ।

पुरस्कार भाद्र ११ गते मोती जयन्तीको अवसर पारी लेखनाथ सदन काठमाडौंमा एक समारोहबीच प्रदान गरिने कोषले जनाएको छ ।