NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अमिताभभन्दा ज्यादा पारिश्रमिक बुझ्ने अभिनेता

काठमाडौं । साउथ फिल्म उद्योगका दिग्गज अभिनेता चिरञ्जीवीले आज आफ्नो ६७ औं जन्मदिन मनाइरहेका छन् । सन् १९५५ मा जन्मिएका चिरञ्जीवीको नाम ती अभिनेतामध्ये एक हो, जसको लोकप्रियता भारतमा मात्रै होइन विदेशमा पनि छ ।

उनले आफ्नो करियरको दौरान एक से एक हिट फिल्म दिए । तर, धेरै स्टारजस्तै उनले पनि राजनीतिमा भाग्य जमाइसकेका छन् ।

चिरञ्जीवीले सन् १९७८ मा फिल्म ‘प्रणाम खरीदू’ बाट आफ्नो करियर सुरु गरेका थिए । तर पहिचान भने ‘मना पूरी पंडावुलू’ बाट मिलेको थियो । चिरञ्जीवीले सन् १९७८ मा रिलिज भएको फिल्म ‘पुनाधिरल्लू’ बाट आफ्नो करियर सुरु गर्न लागेको कुरा कमैलाई थाहा छ । तर केही कारणले यो सम्भव भने हुन सकेन । यो पनि सत्य हो कि उनी छोटो समयमै तेलुगु सिनेमाको चम्किलो तारा बने। त्यसपछि उनले विस्तारै कन्नड र हिन्दी फिल्ममा पनि काम गरे ।

चिरञ्जीवी एक समय चल्तीका अभिनेता थिए । सँगै सबैभन्दा महँगा पनि । कमाइमा उनले अमिताभ बच्चनलाई पनि पछि पारेका थिए ।

उनको नाम र पारिश्रमिकको चर्चामा रहेका भारतका कलाकारसँगै गणना गरिएको थियो । सन् १९९२ मा आएको फिल्म ‘घराना मोगुदु’बाट उनी भारतको सबैभन्दा महँगो अभिनेता बनेका थिए । एकपटक उनले यस मामिलामा अमिताभ बच्चनलाई पनि पछाडि छोडेका थिए । कुनै समय चिरञ्जीवीले एउटा फिल्मका लागि १.५ करोड भारु लिने गर्थे । जतिबेला अमिताभको पारिश्रमिक मात्रै १ करोड थियो ।

चिरञ्जीवीले आफ्नो उत्कृष्ट अभिनयका लागि धेरै अवार्ड जितेका छन् । उनी ९ पटक साउथ इन्डियन फिल्मफेयर अवार्ड र ४ पटक नन्दी अवार्डबाट सम्मानित भए । सन् २०११ मा उनलाई फिल्मफेयरद्वारा लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिएको थियो। यति मात्र होइन, उनले देशको तेस्रो प्रतिष्ठित अवार्ड ‘पद्मभूषण’ पनि पाए । उनलाई आन्ध्र विश्वविद्यालयले मानार्थ विद्यावारिधिसमेत प्रदान गरेको छ ।

सफल अभिनेता चिरञ्जीवी राजनीतिमा पनि होमिए । उनले सन् २००८ मा आन्ध्र प्रदेशमा प्रजा राज्यम पार्टी स्थापना गरेका थिए । यो पार्टीले सन् २००९ मा सम्पन्न विधानसभा चुनावमा १८ सिटमा जित हासिल गरेको थियो ।