NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अब आइपिओ भर्दा अधिकतम शुल्क ५ रूपैयाँसम्म मात्रै लाग्ने

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्कासनमा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ । अहिले १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था रहेकोमा बोर्डले सि-आश्वाको शुल्क घटाउने प्रस्तव लगेसँगै अब एक पटक आइपिओ भर्दा ५ रुपैयाँ मात्रै लाग्ने भएको हो ।

भदौ ५ गते बसेको धितोपत्र बोर्ड बैठकले सि–आश्वा शुल्क घटाउने विषयमा छलफल गरेको हो । सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने छलफल भएको थियो । यो व्यवस्था चाँडै नै कार्यान्वयनमा आउने बोर्डले जनाएको छ ।

अधिकतम ५ रुपैयाँ मात्रै शुल्क लाग्ने सार्वजनिक निष्काशनमा  १ रूपैयाँ सार्वजनिक निष्कासनन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउँनेछ । त्यस्तै १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ । अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने बोर्डले जनाएको छ ।

हाल सार्वजनिक निष्कासनमा बोर्डबाट सि– आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रूपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो । जसमध्ये सिडिएस एण्ड क्लियरीङले २ रूपैयाँ र धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकले १० रूपैयाँ प्राप्त गरेर त्यसभन्दा माथिको शुल्क सि-आश्वा सदस्यलाई प्राप्त हुने व्यवस्था थियो ।