NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एउटै घोषणापत्रबाट चुनाव लड्न प्रचण्ड र माधव सहमत, निर्वाचनपछि एकता हुने

काठमाडौं । एउटै घोषणापत्रबाट आगामी प्रतिनिधिससभा तथा प्रदेशसभा निर्वाचन भाग लिन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति भएको छ ।

माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच सोमबार ललितपुरमा भएको भेटवार्तामा एउटै घोषणापत्र बनाउन सहमत भएको माओवादीका एक नेताले जानकारी दिएका छन् ।

‘दुई अध्यक्षबीच पार्टी एकता संयोजक समिति बनाउने आगामी निर्वाचनमा संयुक्त घोषणापत्रमार्फत निर्वाचनमा भाग लिनेबारे छलफल भयो’, ती नेताले भने, ‘दुवै तर्फका उच्चस्तरीय संयोजक समिति बनाएर जाने सहमति भएको छ ।’

दुई नेताबीचको भेटबारे एसका प्रवक्ता जगन्नाथ खतिडाले पार्टी एकता संयोजन समिति बनाएर जानेबारे छलफल भएको स्वीकार गरे ।
‘एकता संयोजन समिति बनाउनेबारे दुवै पार्टी सहमत भएको छ । हाम्रो पार्टीले पनि एकताका लागि यसअघि नै निर्णय गरिसकेको छ । त्यहि आधारमा एकता संयोजन समिति गठन हुन्छ । एउटै निर्वाचन चिन्ह बनाउन हदम्याद सकिएकाले सम्भव छैन । तर दुवै पार्टीको घोषणापत्र बनाएर जानेबारे गृहकार्य भइरहेको छ’, खतिवडाले भने ।

नेकपा एसको भदौ २ मा बसेको केन्द्रीय सचिवालय बैठकले माओवादीसँग एकता गर्न एकता संयोजनक समिति बनाउने निर्णय गरेको थियो । माओवादीसँग पार्टी एकता गरेको झण्डै एक हप्तापछि प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको हो ।
माओवादीले यसअघि नै बाबुराम नेतृत्वको नेसपा र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई पार्टीको चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

सत्तापक्षमा रहेका दुई पार्टीबीच एउटै घोषणापत्र बनाउने सहमति भएपछि कांग्रेसमाथि थप दबाब सिर्जना भएको छ । आगामी निर्वाचनमा कांग्रेस र एमालेलाई हावी हुन नदिन प्रचण्ड–माधवले छुट्टै गठबन्धन बनाएर जान तयारी गरेका छन् ।