NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मृत्यु भएकालाई जीवित बनाएको दाबी गर्ने पास्टर पक्राउ

काठमाडौं ।  मृत्यु भइसकेका मानिसलाई जीवित बनाएको दाबी गर्ने इसाई धर्मका एक पास्टर पक्राउ परेका छन् ।

बुटवलको होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेलाई सोमबार दिउँसो बुटवलबाट पक्राउ गरिएको हो ।

कञ्चनपुरका ३५ वर्षीय गोतामेमाथि भ्रम फैलाएको आरोप लगाइएको छ ।

विवेक सत्यालको नामबाट आइतबार एउटा भिडियो सार्वजनिक भएको थियो । २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टर गोतामेले एक ‘मृत’ महिलालाई जीवित गराएको देखाइएको छ ।

सो भिडियो सामाजिक सञ्जालमा छाएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अनुसन्धानका लागि आदेश दिएका थिए । त्यसपछि पास्टर गोतामेलाई प्रहरीले पक्राउ गरेको हो ।

गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।