NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

जापानका प्रधानमन्त्री किशिदालाई कोरोना सङ्क्रमण

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उनी एकान्तवासमा बसेका छन् भने त्यहीबाट गर्न मिल्ने काम पनि गरिरहेका छन् ।

मन्त्रिपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ वर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिए ।

उनलाई भेट्न आएका व्यक्तिबाट उनमा सङ्क्रमण सरेको आशंका गरिएको छ । सङ्क्रमण पुष्टि भएपछि उनका लागि तय गरिएका दर्जनौ कार्यक्रम स्थगित गरिएका छन् ।

कतिपय कार्यक्रम भने भर्चुअल माध्यमबाट गर्ने तयारी भएको पनि उनको सचिवालयले जनाएको छ । उनी आगामी अगस्ट ३० सम्म एकान्तवासमा बस्ने भएका छन् । उनले कोरोना विरुद्धको चौथो पटकको खोप पनि लगाइसकेका छन् ।

जापानमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि अत्यधिक फैलिएको छ । दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन् । सरकारले कारोना विरुद्धको खोप लगाउने अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ ।

त्यसैगरी कोरोनाको सङ्क्रमण न्युनिकरणका लागि अपनाउनु पर्ने उपायहरू कडाइका साथ लागू गर्न पनि सरकारले अनुरोध गर्दै आएको छ ।