NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा प्रस्तुत, एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको विरोधकाबीच सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले मंगलबार माओवादी द्वन्द्व कालमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ संसदमा प्रस्तुत गरेका हुन् ।

विधेयक संसदमा प्रस्तुत गर्दै मन्त्री कोइरालाले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि सरकारले विधेयक ल्याएको बताए ।

‘संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्यानका लागि सरकारले यो विधेयक संसदमा प्रस्तुत गरेको हो,’ उनले भने, ‘आशा छ यो विधेयक पारित गर्न सम्पूर्ण राजनीतिक दलहरूको सहयोग रहनेछ । विश्वसनीय संक्रमणकालीन न्यायको स्थापना गरौं । शान्ति प्रक्रियाको बाँकी काम पुरा गरौं ।’

तर विपक्षी दलसँग कुनै परामर्श नगरी सरकारले चोरबाटोबाट विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । विपक्षी दलका नेता केपी शार्म ओलीले विधेयक च्यातेर फाल्ने चेतावनी दिएका छन् ।

‘प्रतिपक्षी दलसँग कुनै परामर्श नगरी सरकारले विधयेक ल्याएको छ’, सोमबार पार्टी कार्यलयमा आयोजित कार्यक्रममा ओलीले भने, ‘त्यस्ता एकपक्षीय विधेयक च्यातेर फालिन्छ ।’

एक सताका लागि संसद अधिवेशन स्थगीत गर्न एमालेले आग्रह गरेपछि बैठक १३ गतेसम्मका लागी स्थगित भएको छ । एमालेको ११ गतेसम्म बैठक भएकाले संसद अधिवेशन स्थगित गर्न संसद सचिवालयसँग आग्रह गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष