NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकद्वारा लकर सेवा शूल्कमा विशेष छुटको योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवाशूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकले भाद्र महिना भरि लकर शूल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधाआदरणीय ग्राहकले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुनकुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्नेछन् । यस सुविधा बापत ग्राहकहरुले आफ्ना अमूल्य गरगहना, रत्न,वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाणपत्रहरु सजस्तै राहदानी, र अन्यमूल्यवान वस्तुहरू सहज र सुपतशूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन् । यसका साथै ग्राहाकको सहजताका लागि बैंकले नि: शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ र ईन्टरनेट बैंकिङजस्ता सेवाहरुधेरै पहिले देखिनै प्रदानगर्दे आईरहेको छ ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द को समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१ ५९७००६८ नम्बरमा फोन गरी तथामा ईमेल गरी प्राप्तगर्न सक्नेछन् ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।