NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बालेनको उद्घोष : जिल्ला अदालतको अण्डरग्राउण्ड पनि खाली गराउँछु

काठमाडौं । ‘एक्सन’मा उत्रिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बबरमहलस्थित जिल्ला अदालतको अण्डरग्राउण्ड पनि खाली गराउने बताएका छन् । सबै खाले अवैध संरचना हटाएरै छाड्ने प्रतिबद्धता जनाउँदै उनले यस्तो बताएका हुन् ।

काठमाडौं मलकाे अवैध संरचनामा बुधबार डोजर चलाउने क्रममा शाहले भने, ‘अब सबैखाले अवैध संरचना खाली गराइन्छ । काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदैछ,’ उनले थपे, ‘जसले बनाएको भए पनि अवैध संरचना कानुनको दायरामा ल्याइन्छ ।’

बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङ बनाएको पनि धेरै वर्ष भइसक्यो । तर, त्यो प्रयोगमा ल्याइएको छैन । तर, त्यसको छेउछाउका फुटपाथमा असरल्ल पार्किङ भइराखेको पाइन्छ ।

पीडित व्यापारीलाई सम्बोधन गर्दै बालेनले भने, ‘दोष घरधनीको हो’