NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जिल्ला अदालतलाई महानगरको चेतावनी, ‘नक्सा पासको विवरण पठाऊ नत्र कारबाही हुन्छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै महानगरले प्रमाण पठाउन निर्देशन दिएका हुन् ।

काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख नभिटिएकाले त्यसको विवरण पठाउन भनेर पत्र काटिएको महानगर स्रोतले जनाएको छ ।

यसअघि महानगरका मेयर बालेन शाहले बबरमहलस्थित जिल्ला अदालतको अण्डरग्राउण्ड पनि खाली गराउने बताएका थिए ।

काठमाडौं मलको अवैध संरचनामा बुधबार डोजर चलाउने क्रममा शाहले भनेका थिए, ‘अब सबैखाले अवैध संरचना खाली गराइन्छ । काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदैछ । जसले बनाएको भए पनि अवैध संरचना कानुनको दायरामा ल्याइन्छ ।’

बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङ बनाएको पनि धेरै वर्ष भइसक्यो । तर, त्यो प्रयोगमा ल्याइएको छैन । तर, त्यसको छेउछाउका फुटपाथमा असरल्ल पार्किङ भइराखेको पाइन्छ ।

अवैध संरचना हटाउँदै दरबारमार्ग पुगे बालेन

बालेनको उद्घोष : जिल्ला अदालतको अण्डरग्राउण्ड पनि खाली गराउँछु