NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

यी हुन् महाभियोग सिफारिस समितिमा एमालेले राखेका ३ फरक मत

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले फरक मत राखेको छ । आन्तरिक कार्यविधि र कार्यतालिका पारित गर्न बुधबार बसेको बैठकमा एमालेले तीन बुँदे फरक मत राखेको हो ।

सिफारिस समितिमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद विष्णु पौडेलले तीन बुँदे फरक मत राखेका हुन् ।

यी हुन् एमालेका तीन बुँदे फरक मत :

१. महाअभियोग प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता भएकोमा समितिमा पठाउन ढिलाइ गर्नुको कारण सभामुख अग्निप्रसाद सापकोटासँग माग गर्नुपर्ने ।

२. प्रतिनिधिसभा नियमावलीअनुसार महाअभियोगमाथि छानबिनका लागि समितिले तीन महिना समय पाउनुपर्नेमा नपाउने अवस्था आउनुको कारण माग गर्नुपर्ने ।

३. समितिको प्रतिवेदन संसद्मा पेस हुने र निर्णयार्थ पेस हुने सुनिश्चितता माग गर्नुपर्ने ।

फरक मत राख्ने सांसदहरूमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेल छन् ।

समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई यही भदौ १५ गते बयानका लागि बोलाएको छ ।

महाभियोग लागेका प्रधानन्यायाधीश राणासँग संसदीय समितिले १५ गते बयान लिने