NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने ११ वटा एजेण्डा

काठमाडौं । एमालेको पोलिटब्यूरोे बैठकले शुक्रबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको छ । बिहीबार ललितपुरस्थिति केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने ११ वाटा एजेण्डा तय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘भोलिको केन्द्रीय समिति बैठकमा पेश हुने ११ वाटा एजेण्डा पोलिटब्यूरो बैठकले पारित गरेको छ’, गुरुङले भने, ‘अध्यक्षको राजनीतिक प्रतिवेदन पेश गर्नेदेखी संगठित सदस्यहरूको व्यवस्थापनसम्को एजेण्डा तय गरेको छ ।’

बिहीबारको बैठकमा ओलीले राजनीतिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरेको गुरुङले बताए । ओलीको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, गठबन्धन सरकार, चुनावको तयारी, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषय समेटिएको उनले जानकारी दिए ।
मंगलबार बसेको स्थायी कमिटी बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसलाई पोलिटब्यूरो बैठकले आनुमोदन गरेको छ । संगठन विभागमा दर्ता भएको ८ लाख ५५ हजार ४५३ मध्ये ५२ हजार ५५० सदस्य संख्याहरू दोहोरिएको गुरुङले जानकारी दिए ।

यस्ता छन् केन्द्रीय कमिटीमा पेश हुने ११ एजेण्डा

१. ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने

२. चार जना केन्द्रीय सदस्यहरूको शपथग्रहण

३. सचिवालयले गरेका सबै निर्णय अनुमोदन गर्ने

४. उम्मेदवारहरूको छनोट प्रक्रिया र मापदण्ड तय गर्ने

५. स्थानीय तह निर्वाचनको सन्दर्भमा प्राप्त उजुरीहरूको छानविन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने

६. महाधिवेशनसम्म बनेका पार्टी सदस्यता दोहोरिएको विषयमा विशेष निर्णय लिने

७. केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा परिक्षण आयोग र केन्द्रीय सल्लाहाकार परिषदको रिपोर्ट प्रस्तुत हुन

८. भारत प्रवासको कामलाई व्यवस्थित गर्न बनेको नियमावाली प्रस्तुत हुने

९. विभागहरू र निकायहरूको क्रियाकलापका लागि केही नियमहरू पारित गर्ने

१०. केन्द्रीय सदस्यहरूको कार्यविभाजन हुने

११. समसामायीक राजनीतिक प्रस्ताव पारित गर्ने

ताजा अपडेट

नेपालवाच विशेष