NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

राजेश र वर्षाको अभिनयमा ‘प्रेमको परिभाषा’ सार्वजनिक

काठमाडौं । उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीमा बनेको गीतमा बिबी थापाको शब्द रहेको छ भने शशिविक्रम थापाको संगीत रहेको छ।

म्युजिक भिडियोमा राजेश हमाल र वर्षा राउतको अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको उक्त भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ ।

गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसियल’मार्फत भिडियो सार्वजनिक भएको छ।