NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बालेनको कदमबारे छलफल गर्न उद्योग वाणिज्य संघले बोलायो बैठक

काठमाडौं । मेयर बालेन शाहको निर्देशनमा काठमाडौं महानगरपालिकाले धमाधम अनधिकृत संरचना भत्काउन थालेपछि काठमाडौं उद्योग वाणिज्य संघले बैठक बोलाएको छ ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले पदाधिकारीहरूलाई छलफलका लागि बोलाएका हुन् ।

पार्किङका लागि भनेर बनाइएका संरचनामा व्यापार गर्न पाउने–नपाउने व्यवस्था स्पष्ट कानुनमा नभएको पाइएकाले बालेनको कदमबारे छलफल गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले बताए ।

बालेनको कदमले साना व्यवसायीको बिचल्ली भएको निष्कर्ष निकाल्दै त्यसबारे पनि छलफल गरिने श्रेष्ठकाे भनाइ छ ।

मेयर बालेन विगत तीन दिनदेखि अनधिकृत संरचना भत्काउन जुटिरहेका छन् । ३५ दिनको समयसीमा दिँदा पनि अटेरी गरेकाले भत्काउन परेको उनको भनाइ छ ।

पार्किङका लागि बनाइएको बेसमेन्टमा व्यवसाय संचालन गर्न दिने अल्फाबिटाका संचालकलाई बालेनले थर्काएपछि …