NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अल्फाबिटामा डोजर चलाएपछि बालेनले भने : नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबदेखि सबैले आफैँ बुझेर अवैधानिकरुपमा बनाइएका संरचना आफैँ हटाउन आग्रह गरेका छन् ।

आज दिउँसो बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाएको अवैध संरचनामा डोडर चलाएपछि उनले यस्तो आग्रह गरेका हुन् ।

‘अब उपरान्त डोजर चलाउन नपरोस् सबैले आफैँ बुझेर अवैधानिकरुपमा बनाइएका संरचना हटाइदिनु होला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अल्फाबिटाका सञ्चालक द्विराज शर्मा सिवाकोटीले आफूसँग नक्सा मागेको विषयलाई पनि मेयर शाहले व्यङ्ग्य शैलीमा लेखेका छन् ।

‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराएँ !’, उनले भनेका छन् ।

अल्फाबिटाका सञ्चालकले चुनौती दिएपछि मेयर शाह नक्सा नै लिएर पुगेका थिए ।

अल्फाबिटाको संरचनामा बालेनले चलाए डोजर