NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बालेनशैलीमा डोजर लिएर निस्किए अवैध संरचना हटाउन कीर्तिपुरका मेयर

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) अवैध संरचना हटाउने अभियानको दौडमा हुँदा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी पनि डोजर लिएर अवैध संरचना भत्काउन लागी परेका छन् । मेयर नकर्मीले नक्सा पास नभएका अवैध संरचना भत्काउन सुरु गरेका छन् ।

उनी आज कीर्तिपुर वडा नं १० को नयाँ बजारस्थित नक्सा पास नभएको अवैध संरचना भत्काउन बालेनको शैलीमा डोजर लिएर पुगेका थिए । नक्सा पासबिना नै पर्खाल लगाएको भेटिएपछि नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा डोजर चलाएको हो ।

काठमाडौंबाट मेयर बालेन उपत्यकामा भएका अवैध संरचना भत्काउने अभियानमा लागेका छन् । उनले बुधबार सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना डोजर लगाएर भत्काइदिएका थिए भने आज (बिहीबार) अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्ड संरचनामा पनि डोजर चलाउँदै छन् ।