NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रचण्डको सुझाव : जनतासँग मिलेर काम गर्नू, हर्कको जवाफ : हस् सर !

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरिरहेको बताएका छन् ।

धरान उपमहानगरको आयोजना र वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा शुक्रबार वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै अध्यक्ष प्रचण्डले साम्पाङबाट प्रेरणा लिन सकिने बताएका हुन् ।

‘हर्कजीले कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम गर्नुभएको छ’, उनले भने, ‘पार्टीका साथीहरूले उहाँबाट प्रेरणा लिन सक्नुहुन्छ ।’

May be an image of 3 people, people standing and outdoors

कार्यक्रममा प्रचण्डले जनतासँग मिलेर काम गर्न सुझाव दिएका छन् । जवाफमा साम्पाङले सधैँ जनतासँग मिलेर काम गर्ने बताए ।

‘हस् सर !, म संधै जनतासँग मिलेर काम गर्छु’, उनले भने ।

प्रचण्ड वृक्षारोपणमा सहभागी भएपछि साम्पाङ निकै हौसिएका थिए । प्रचण्डले मेयरलाई थप हौसला दिँदै भने– ‘हर्कले राम्रो काम गरिरहुनुभएको छ । उपमेर पनि हाम्रै पार्टीका हुनुहुन्छ । उहाँहरूको जोडी असाध्यै मिलेको छ । सुभकामना छ ।’

प्रचण्डले मेयर साम्पाङसँगै वृक्षारोपण गरेका थिए ।

हर्क साम्पाङको प्रश्न : काठमाडौंको फोहर उठाइसके ?

ताजा अपडेट

नेपालवाच विशेष