NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बालेनको अभियान जारी : खाली गराए राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ

काठमाडौं । अवैध रुपमा बनेका संरचना हटाउने अभियानमा रहेका काठमाडौं महानगरपालिका मेयर बालेन शाहले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएका छन् ।

मेयर शाहको निर्देशनमा महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरू हटाएका छन् ।

घर तथा भवन बनाउने क्रममा नक्सा पास गर्दा पार्किङ रहने भने पनि ती ठाउँमा व्यापारलगायत गर्ने गरेको पाइएपछि महानगरले ती संरचना हटाउन थालेको हो ।