NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

राहदानी विभागको बेसमेन्ट आइतबारदेखि पार्किङमा प्रयोग हुने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीका लागि पार्किङमा प्रयोग हुने भएको छ । विभागले आज एक सूचना जारी गर्दे सो बेसमेन्ट पार्किङ स्थलको लागि प्रयोग गरिने जानकारी गराएको हो ।

यसअघि विभागको बेसमेन्ट होल्डिङ एरियाको लागि प्रयोग हुँदै आएको थियो । काठमाडौं महानगरले आज बेसमेन्ट खाली गराएसँगै सो ठाउँ अब पार्किङ स्थलको लागि प्रयोग गरिने विभागले सूचनामार्फत जनाएको छ ।

विभागका अनुसार बेसमेन्ट अबदेखि पार्किङ क्षेत्र हुने भएकाले विभागमा आउने सेवाग्राहीले केही नियम पालना गर्नुपर्नेसमेत विभागले सूचनामा उल्लेख गरेको छ ।सूचनामा जानकारी गराएअनुसार अब लाइभ इनरोलमेन्ट सेन्टर राहदानी विभाग कायम भएका सेवाग्राहीले मात्र राहदनी आवेदनका लागि आउन अनुरोध गरेका छन् ।

त्यस्तै आवेदनका लागि आवेदकहरु आवेदन फारममा तोकिएको मिति तथा समयमामात्र आउनु पर्ने छ, तयार भएको राहदानी लिन आउने सेवाग्राहीले गेट २ बाट प्रवेश गर्नुपर्ने छ, त्यस्तै राहदानी सेवा लिन विभाग जाँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदन मात्र जानुपर्ने तथा विभाग बाहिरको सडकमा भिडभाड नगर्न विभागले सेवाग्राहीलाइ आग्रह गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष