NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रचण्डलाई विदा गरेपछि हर्कले भने : देउवा र ओली कहिले धरान आउँछन् हेर्नु छ !

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली कहिले आउँछन् भनेर आफूले हेरिरहेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज धरान गएर विरुवा रोपेको जानकारी दिँदै भनेका छन्, ‘प्रचण्ड त आए र हाम्रो श्रमदान क्षेत्रमा विरुवा रोपेर गए अब देउवा र ओली कहिले आउलान् हेर्नु छ !’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

गत हप्तामात्रै मेयर साम्पाङ काठमाडौं आए थिए । प्रचण्डलाई भेटेर श्रमदान गर्न धरान आउन आगह गरेका थिए । प्रचण्ड आज त्यसैको निम्तो मान्न धरान पुगेको बताइएको छ ।

साम्पाङले धरान आएमा प्रचण्डलाई ढुंगा बोकाउने बताउँने गरेका थिए । तर, प्रचण्ड विरुवामात्रै रोपेर फर्किएका छन् ।

प्रचण्डको सुझाव : जनतासँग मिलेर काम गर्नू, हर्कको जवाफ : हस् सर !

ताजा अपडेट

नेपालवाच विशेष