NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यसरी गरायो महानगरले राहदानी विभागको बेसमेन्ट खाली (फोटो फिचर र भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ ।

आइतबारबाट सेवाग्राहीका लागि पार्किङमा प्रयोग हुने शर्तमा महानगरले शुक्रबार खाली गराएको हो ।

पार्किङको परियोजनका लागि प्रयोग नक्सा पास भएकोमा बेसमेन्टमा कुर्सी राखेर सेवाग्राहीलाई बस्ने व्यवस्था गरिएको थियो ।

जो होल्डिङ सेन्टर बनाउन उपर्युक्त थिएन ।

यही कारण महानगरले कारबाही गरेको हो ।

महानगरको कारवाहीलगत्तै विभागले एक सूचना जारी गर्दे सो बेसमेन्ट पार्किङ स्थलको लागि प्रयोग गरिने जानकारी गराएको छ ।

 

काठमाडौं महानगरले आज बेसमेन्ट खाली गराएसँगै सो ठाउँ अब पार्किङ स्थलका लागि प्रयोग गरिने विभागले सूचनामार्फत जनाएको छ ।

अवैध संरचना भत्काउने क्रममा महानगर शुक्रबारदेखि सरकारीमा समेत पुगेको हो । यसअघि निजी भवनमा मात्र कारबाही हुँदै आएको थियो ।

हेरौं भिडियो :

राहदानी विभागको बेसमेन्ट आइतबारदेखि पार्किङमा प्रयोग हुने

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष