NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर इओ मिनी अब नेपालमा

काठमाडाैं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालि लिमिटेडले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इभी युजरहरूका लागि डिजाइन गरिएको हो ।

EO (इआ०) चार्जिङ ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले इभी चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । इओ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो।

इओको टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र Amazon, DHL / Tesco जस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ।

यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ। डिसेम्बर २०२१ मा भ्इ ले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६०,००० ओटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो।

‘इओमा हामी प्रविधि भन्दा अघि मानिस हुन्छ भन्ने कुरामा विश्वास गर्छौं। विद्युतीय सवारी साधन चार्ज गर्न कहिलेकाहीँ जटिल हुनसक्छ भन्ने कुरा हामीले राम्रोसंग बुझेका छौं। त्यसैले हामी हाम्रा पार्टनर तथा ग्राहकहरुको सेवामा समर्पित छौं,’ कम्पनीको भनाइ छ ।

हामी इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्ने विश्वव्यापी रुपमा अग्रणी कम्पनी बन्ने मिशनमा छौं। हामी नयाँ चार्जिङ इकोसिस्टम सिर्जना गर्न लागिपरेका छौं जसले व्यवसाय र व्यक्तिहरूलाई ऊर्जाको सन्दर्भमा स्वतन्त्रता प्रदान गर्दछ।

इओ मिनीमा Integral 6mA DC को सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ। यसलाई बिना कुनै टाइप B RCD नियन्त्रण गर्न सकिन्छ। इओ मिनी तपाईको घरको पावर इनपुट जडानको आधारमा 6 amp b देखि 32 amp सम्म समायोजन गर्न सकिन्छ। बजारमा सबैभन्दा सानो EO 175MM X 125MM X 95MM मा उपलब्द छ।

इओ मिनीका अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक ७।२ किलोवाटसम्मको पावर रेटिंगलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५ हजार रूपैयाँ रहेको छ ।