NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बर्जरको ‘रंगोत्सव’ ग्राहक योजना सार्वजनिक

काठमाडौं । बर्जर पेन्ट्स नेपालले यो वर्षको चाडपर्वमा बर्जर रंगोत्सव ग्राहक योजना ल्याएको छ ।

भदौ १ गतेबाट मसिंर १० गतेसम्म लागू हुने गरी आउँदै गरेको दशैँ तिहारका साथै फिफा विश्वकपलाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो ।

फिफा विश्वकप २०२२ को उत्साहलाई अझ दोब्बर वृद्धि गर्न बर्जर पेन्ट्स नेपालले लक्की ड्र पुरस्कारसहितको आकर्षक अफर पनि ल्याएको छ । यस योजनामामा सहभागी भई १५० भन्दा धेरै घरधनीहरूले नगद तथा जिन्सी पुरस्कारहरू जित्न सक्ने छन् ।

बर्जर पेन्ट्स नेपालका कन्ट्री मेनेजर सत्य प्रकाशले भने, ‘हामीले यो योजनासँगै चाडपर्वको उल्लाससँगै फुटबल जोशलाई जगाउने लक्ष्य राखेका छौं । यो बेला खुसी ल्याउने हाम्रो प्रयासस्वरुप हामीले उत्साहजनक अफरहरू र आकर्षक पुरस्कारहरू त्यो उत्साहलाई दोब्बर पार्न ल्याएका छौँ ।’

बर्जरको प्रिमियम उत्पादनहरू वेडरकोट लङ लाइफ, वेडरकोट अल गार्ड, सिल्क ब्रिड इजी, सिल्क ग्ल्यामर र सिल्क लक्जरी इमल्सनमा यो योजना लागू गरिएको छ । यो योजनाअन्तर्गत बर्जर पेन्ट्सको छनोट रेन्जबाट न्यूनतम ५० हजार रुपैयाँमा पेन्ट्स किन्दा १०० वर्गफिट बराबरको सिल्क इलूजन वाल पेन्ट पक्का पुरस्कार प्रदान गरिनेछ ।

एक भाग्यशाली घरधनीले लक्की ड्रमा सोनी ब्राण्डको ७५ इन्चको एलईडी टिभी बम्पर पुरस्कारमा जित्ने अवसर पाउन सक्नेछन् भने २ जनाले सामसङको ३४५ लिटरको रेफ्रिजेरेटरको मेगा पुरस्कार जित्ने अवसर मिल्ने छ । त्यस्तै १० जनाले सामसङको ७२ किलोको वासिङ मेसिन, २० जनाले सामसङकै ए ०३७ मोबाइल फोन र ७५ जना भाग्यशाली विजेताले एक्युफिट स्मार्ट वाच जित्न सक्ने छन् ।

यसका साथै यस योजना अन्तर्गत घरधनीहरूले भर्खर रंगाइएका घरको ताजा तस्वीर सामाजिक सञ्जालमा शेयर डिजिटल प्रतियोगितामा भाग लिई आकर्षक पुरस्कारहरू जित्न सक्ने कम्पनीले जनाएको छ ।

विजेताको निर्णय लक्की ड्रबाट हुनेछ भने यसको घोषणा बर्जर पेन्ट्सको वेबसाइट र आधिकारिक सामाजिक सञ्जाल मार्फत गरिनेछ । बर्जर रंगोत्सवबारे थप जानकारी नेपालमा रहेका बर्जर पेन्ट्सका आधिकारीक डिलरहरूबाट पाउन सकिने छ ।

बर्जर जेन्सन एन्ड निकोल्सन ९नेपाल० प्रा लि नेपालमा सन् २००० यता डेकोरेटिभ पेन्ट्समा एक प्रख्यात कम्पनी हो कम्पनीको नेपालमा रंगहरूमा सबैभन्दा ठूलो उत्पादन रेन्ज रहेको छ ।