NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

केपी ओलीलाई हराउने लिङदेन कांग्रेस जनजाति महासंघको सदस्यमा मनोनित

काठमाडौं । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार ओमबहादुर घर्तीमगरलाई नेपाल आदिवासी जनजाति संघको अध्यक्षसहित सदस्यहरू मनोनयन गरेका छन् ।

केन्द्रीय कार्यसमितिको २ साउन २०७९ को बैठकको निर्णयानुसार रुपान्तरित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सभापति देउवाले मनोनित गरेका छन् ।

देउवाले मनोनित गरेका सदस्यमा २०६४ सालमा केपी ओलीलाई झापाबाट पराजित गर्ने विश्वदीप लिङदेनसहितका छन् । तत्कालीन माओवादीमा रहेका लिङदेन २०६४ को पहिलो संविधानसभामा केपी ओलीलाई पराजित गरेर चर्चामा आएका थिए ।

पछि माओवादीसँग पनि असन्तुष्ट बनेका उनले कांग्रेस रोजेका हुन् । माओवादीपछि वैद्य माओवादी, संघीय समाजवादी हुँदै उनी कांग्रेस प्रवेश गरेका थिए ।

यसपटक गठबन्धनबाट मिलेर चुनाव लड्ने तयारी भएकाले फेरि केपी ओलीसँग झापाबाट चुनाव लड्न आफू तयार रहेको उनले बताउँदै आएका छन् ।

को–को छन् देउवाले मनोनित गरेका सदस्यमा

विश्वदीप लिङदेन, झापा
जगत बराम, गोरखा
तीर्थ लामा, सिन्धुपाल्चोक
डा राजकुमार राई, खोटाङ
राम बहादुर लामा, चितवन
सुनिल गुरुङ, कास्की
कर्म व्यञ्जनकार, ललितपुर
धनादेवी थापा मगर, कैलाली
रामजी कङ्रेन, धनकुटा
रेनुका काउचा मगर, बागलुङ
शेरबहादुर तामाङ, धादिङ
जयप्रसाद इङनाम, तेह्रथुम
टेकबहादुर लिम्बु, झापा
धनाकुमारी मगर ९धनम०, उदयपुर
टोपबहादुर थापा मगर, बर्दिया
ज्ञानबहादुर लामा, नुवाकोट
माया पुन मगर, बाँके
लक्ष्मी थिङ, मकवानपुर
इन्द्रा गुरुङ, गोरखा
पूर्णबहादुर गुरुङ, चितवन
कामी शेर्पा, सिन्धुपाल्चोक
आङ टेण्डी शेर्पा, रामेछाप
बडेराम हेमरम, झापा
केसाङमु शेर्पा, सोलुखुम्बु
ठाकुर कुमाल, धादिङ
मोहन छन्त्याल, म्याग्दी
शम्भु तामाङ, काठमाडौ
मनहरी श्रेष्ठ, धनुषा
हिलारी बन्धु भुजेल, ओखलढुंगा
लिलामान कङ्रेन, संखुवासभा
रणबहादुर तावा, पाँचथर
चन्द्र खालीङ राई, सोलुखुम्बु
रमेश इवाहाङ, धनकुटा
धर्मराज राई, भोजपुर
दुर्गा सुनुवार, सिन्धुली
छत्र वम्जन, सिन्धुली
पूर्णसिद्धी लामा, सिन्धुपाल्चोक
मोहन राजवंशी, झापा
बासुदेव ऐतवाल (व्यासी), दार्चुला
पासाङ शेर्पा, ताप्लेजुङ
तलिसरा रखाल, नवलपुर
विजेन्द्र कुमार कायस्थ, कञ्चनपुर
मदनलाल श्रेष्ठ, काठमाडौ
नन्दबहादुर गुरुङ, जुम्ला
फुन्जेन लामा, मुगु
कुन्छाङ टासी लामा, हुम्ला
टेकबहादुर गुरुङ, सुर्खेत
जानुका लिम्बु शेर्पा, तेह्रथुम

ताजा अपडेट

नेपालवाच विशेष