NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडाैं । मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प आएको छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयाअनुसार विहान ८.५९ बजे १० किलोमिटर गहिरो भूकम्प आएको थियो ।

भूकम्पबाट कति क्षति भएको भन्ने विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण संकलन गर्ने कार्य भइरहेको पनि जनाएका छन् । मलेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ । भूकम्पका कारण धनजनको क्षति हुने गरेको छ ।