NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यस्ताे छ निर्वाचन जित्ने प्रचण्डकाे तीनवटा राजनीतिक हतियार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लड्न तीनवटा पक्षलाई राजनीतिक हतियार बनाएका छन् ।

उपत्यका विशेष कमिटीले सोमबार राजधानीमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यममा सम्बोधन गर्दै उनले  राजनीतिक हतियार लिएर जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिए ।

सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र निर्वाचन प्रणालीलाई उनले बलियाे हतियार बनाएका हुन् ।

प्रचण्डले पहिलो हतियारमा निर्वाचनप्रणालीलाई लिएका छन् । विगतमा निर्वाचन प्रणालीलाई जनतामाझ बुझाउन नसक्दा समस्या आएको उनको बुझाइ छ ।

एमाले, कांग्रेस र माओवादी जसले जितेपनि माओवादीकै एजेण्डामा देश अहिले अघि बढिरहेको उनले दाबी गरेका छन् । त्यस्तै निर्वाचन प्रणालीसँगै जोडिएको संघीयता, समावेशी सिद्धान्त जस्ता माओवादी एजेण्डालाई जनतामाझ प्रचार गर्नुपर्ने उनको भनाइ छ । एमाले र कांग्रेस यी एजेण्डामा अनुदार रहेको दाबी गर्दै यस विषयमा गहिरिएर बुझ्न कार्यकर्तालाई आग्रह गरे ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोट गर्दा याेपटक जित्नेलाई प्राथमिकता दिने उनले बताएका छन् ।
पहिलो, जो उठाएपनि जित्ने अवस्थामा महिला, जनजाति, मधेशी तथा दलीत समुदायलाई प्राथमिकता दिने । दोस्रो खसआर्यले जित्ने अवस्थामा उसैलाई प्राथमिकता दिने । तेस्रोमा समानुपातितर्फ चर्चित, जनतामाझ भिजेका व्यक्तिहरूलाई सूचीकृत गर्ने । चौंथोमा जनाधार कमजोर भएको ठाउँमा पार्टी बाहिरका चर्चित अनुहारलाई छनोट गर्ने ।

दोस्रो, हतियारमा उनले सरकारले संसदमा प्रस्तुत गरेको नागरिक विधेयकलाई बनाएका छन् । नागरिकता विधेयकलाई विपक्षी एमालेले चुनाव जित्ने हतियार बनाएको उनको आरोप छ । एमालेले नाकाबन्दीमा जस्तै अहिले नागरिकता विधेयकलाई राष्ट्रियतसँग खेलेर चुनाव जित्ने रणनीति बनाएको उनले जिकिर गरे ।

‘एमालेले नै संसदमा प्रस्तुत गरेको विधेयकलाई अनुमोदन गरेको हो । एमालेले आरोप लगाएको जस्तो नागरिकता विधेयकमा कुनै राष्ट्रघात छैन’, उनले भने, ‘नागरिकताबिहीन सात लाख नागरिकलाई अधिकार दिन विधेयक ल्याइएको हो । तर एमालेले नागरिकतामा भ्रम छरेर चुनाव जित्ने रणनीति बनाएको छ । एमालेको भण्डाफोर गर्दै जनतामाझ जानोस् ।’

एमालेको समर्थनबिना संसदबाट पास भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो रायसहित संसदमै फिर्ता पठाएकी थिइन् । पुनः प्रतिनिधिसभाले जस्ताको तस्तै विधेयक पास गरेपनि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले छलफलका लागि विधायन समितिमा पठाएका छन् । नागरिकता विधेयकसम्बन्धी एमालेको दोहोरो नीतिबारे जनतामाझ लान सकिए मतदाता आकर्षित गर्न सकिने दाउमा उनी छन् ।

 तेस्रो हतियारमा माओवादी द्वन्द्व व्यवस्थापनका लागि सरकारले ल्याएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रहेको छ ।  माओवादी युद्धको समयमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका र शान्ति तथा मेलमिलासम्बन्धी सरकारले ल्याएकाे विधेयक संसदमा छलफलमा छ। विधेयकलाई लिएर एमालेले चर्को असन्तिुष्टि जनाएको छ । ओलीले विधेयकलाई च्यातेर फाल्नेसम्मको धम्की दिएका छन् । यो विधेयक पनि ओली सरकारले नै तयार गरेको विधयकको रूपमा जनतालाई बुझाउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

यी तीन हतियारलाई राजनीतिक रकेर्ट रञ्चरको रुपमा प्रयोग सकिए आगामी निर्वाचनमा माओवादी शक्ति बलियो हुने उनको बुझाइ छ । यी नै हतियार लिएर निर्वाचनको तयारीमा जुट्न उनले निर्देशन दिएका छन् ।

यसैगरी वाग्मती प्रदेशको काठमाडौं, ललितपुर र भक्तपुरमा माओवादी निकै कमजोर रहेको प्रचण्डले स्वीकार गरेका छन् ।

‘संघीय राजधानीसमेत रहेको उपत्यकामा हामी निकै कमजोर छौं । विपक्षी दलले संघमा जित्न केन्द्रीकृत गरी राजनीतिक शक्ति बढाउँदा रहेछन्’, उनले भने, ‘हामीले विकेन्द्रीत गर्यौं । त्यसले उपत्यकामा माओवादीको प्रभाव देखिएन । उपत्यका कब्जा गर्ने पार्टीले विशेष रणनीति तयार गर्छ । राजधानी हामीले कब्जा गर्न सके देशभर माओवादी बलियो हुनेछ ।’

आगामी निर्वाचनमा उपत्यकामा पार्टीबाहिरबाट उम्मेदवार ल्याउने संकेत गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष